नियम १२
निर्वाचन प्रकृयाको निर्धारण गर्ने :

(१) नियम १० बमोजिम गरिने आधिकारिक ट्रेड  युनियनको निर्वाचन प्रकृया निर्धारण गर्ने सम्बन्धमा पंजिकाधिकारीले नेपाल सरकारको स्वीकृति लिई निर्वाचन सम्बन्धी निर्देशिका बनाइ लागू गर्नु पर्नेछ ।
(२) नियम ११ बमोजिम तोकिएको निर्वाचन अधिकृतले आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउँदा उपनियम (१) बमोजिमको निर्वाचन सम्बन्धी निर्देशिकाको अधीनमा रही गराउनु पर्नेछ र त्यस्तो निर्वाचन गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित प्रतिष्ठानले व्यहोर्नु
पर्नेछ ।